ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्णमन्दिरमा दर्शन गर्नुभएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राष्ट्रपति पौडेल कृष्णमन्दिर पुगी दर्शन तथा प्रसाद ग्रहण गर्नुभएको हो । कृष्णमन्दिरमा राष्ट्रपति पौडेललाई सरकारी निकायका पदाधिकारी, दलका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका अगुवाहरुले स्वागत गरेका थिए ।

पाटनको कृष्णमन्दिरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले दर्शन गर्ने परम्परा छ । कृष्णमन्दिरमा आज बिहानैदेखि श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय