काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल धरान जाँदै हुनुहुन्छ । राष्ट्रपति पौडेल राधाकृष्ण प्रणामी मन्दिरको धर्मशाला उद्घाटनका लागि आज धरान जान लाग्नुभएको हो ।
पौडेल नेपाली सेनाको हेलिकोप्टरबाट धरान जाँदै हुनुहुन्छ । धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा धर्मशाला समुद्घाटन साथै १०८ पारायण पूर्णाहुति गर्ने कार्यक्रम छ ।



३ करोड १५ लाखको लागतमा १ कट्ठा जग्गामा १६ वटा कोठाको धर्मशाला निर्माण भएको छ । धर्मशालामा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क उपलब्ध गराइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।



