जेनजी आन्दोलनपछि सरकार र प्रमुख दलका शीर्ष नेता तीनतिर फर्किएका बेला आज पहिलो पटक एकठाउँमा भेटवार्ता गरेका छन् ।राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेतालाई एकै ठाउँमा भेटवार्ता गर्ने अवसर जुराइदिनुभएको हो । यसअघि प्रधानमन्त्री कार्कीले प्रमुख दलका शीर्ष नेतालाई एक्लै नभेट्ने बताउँदै आएकी थिइन् । प्रमुख दलका शीर्ष नेताले फागुन २१ को निर्वाचन लगायतमा प्रधानमन्त्रीले आफूहरूसँग कुनै छलफल नगरेको भन्दै गुनासो गर्दै आएका थिए । जेनजी सरकार गठन भएको तीन महिनापछि आज राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डविच भेटवार्ता र निर्वाचनबारे कुराकानी भएको हो । योसँगै प्रधानमन्त्री र प्रमुख दलका नेताबिचको संवादहीनता तोडिएको छ ।

सरकारले निर्वाचनको तयारी गरिरहेका समयमा नेकपा एमाले र कांग्रेस संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालत गएका छन् । एमाले अध्यक्ष ओलीले संसद पुनर्स्थापना तथा सर्वदलीय सरकार गठन गरेर संसदबाटै जेनजीका माग सम्बोधन गर्न सकिने प्रस्ताव अघि सारेका बेला शीतल निवासमा त्रिपक्षीय भेटवार्ता भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय