काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले बुधबार अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका छन् । सभापति रवि लामिछानेको थुनछेक बहस सकिएर आदेश आउने क्रममा, अदालत परिसरमा रास्वपाका समर्थकहरूले त्रिपाठीमाथि आक्रमण गर्न खोजेका हुन् ।

त्रिपाठीले स्वर्णलक्ष्मी सहकारीका पीडितको पक्षमा बहस गर्दै आएका थिए । आक्रमणको प्रयासपछि प्रहरीले उहाँलाई सुरक्षा दिएको थियो । लामिछानेको मुद्दामा आजै आदेश आउने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय