काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा गरेका छन् । रास्वपाले देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धका नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको रास्वपाले भत्सर्ना समेत गरेको छ । रास्वपाले निहत्था युवाहरुको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले नसहने भन्दै यो आततायी जनताले प्रतिवाद गर्ने पनि औल्याएको छ ।
वर्तमान संघीय संसदले कुने पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भइ बैधता गुमाएको निष्कर्ष पनि रास्वपाले निकालेको छ ।

सामूहिक राजीनामामा रास्वपाले प्रधानमन्त्रीको तत्काल राजीनामा माग गरेको छ । यसैगरी घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायीक छानविन आयोग गठन, सर्वपक्षीय नागरिक सरकार, प्रधानमन्त्री, गहृमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषिमाथि कडा कारवाहीको पनि माग गरेको छ ।






