काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय पदाधिकारी संरचना पुनःसंशोधन गर्दै १९ सदस्यीय बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ नेतासहित नयाँ संरचना थप गर्दै पदाधिकारी संख्या १९ पु¥याउने निर्णय गरेको हो । निर्णयअनुसार अब पार्टीमा एक वरिष्ठ नेता र एक सहमहामन्त्री थपिनेछ । यसअघि वरिष्ठ नेताको व्यवस्था थिएन भने सहमहामन्त्री चार जना मात्र थिए।



संशोधित संरचनाअनुसार पदाधिकारी व्यवस्थामा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला), महामन्त्री २, सहमहामन्त्री ५ (१ महिला), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १ सहकोषाध्यक्ष २ (१ महिला) हुनेछ ।
यसअघि विधान संशोधन समितिले १६ सदस्यीय पदाधिकारी संरचना प्रस्ताव गरेको भए पनि सचिवालयले त्यसलाई परिमार्जन गर्दै १९ सदस्यीय बनाउने निर्णय गरेको हो ।पार्टीका नेताहरूका अनुसार संगठनलाई सुदृढ र समावेशी बनाउने उद्देश्यले पदाधिकारी संरचना विस्तार गरिएको हो ।



