काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा मतदान जारी छ । अहिलेसम्म आधाभन्दा बढी मत खसेको बताइएको छ ।

कुल ४ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि रहेको रास्वपा अधिवेशनमा भएको निर्वाचनमा बिहान ८ बजेसम्मको अपडेट अनुसार २१ सय मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । रास्वापामा ९९ पदका लागि गएराति १२ बजेदेखि विद्युतीय मतदान भइरहेको छ । निर्वाचनमा २०४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिले भोट हाल्न समय लाग्ने देखिएपछि मतदानको समयावधि थप गरिएको छ । अब प्रतिनिधिहरूले १२ बजेसम्म मतदानमा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय