काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने भएको छ। प्रारम्भिक विवरणअनुसार प्रतिनिधिको संख्या करिब ४ हजार २१० पुग्ने अनुमान गरिएको छ।
पार्टीका विभिन्न तहका पदाधिकारी, प्रदेश तथा जिल्ला संरचनाका प्रतिनिधि, सम्पर्क विभागका सदस्य र प्रवासबाट आउने प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुनेछन्। विधानअनुसार सभापतिबाट मनोनयन हुने प्रतिनिधिसमेत समावेश गरिनेछ।



महाधिवेशनको उद्घाटन सत्र आइतबार भरतपुरमा आयोजना गरिनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुनेछ। कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।



