काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले रास्वपा र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भनेर आफूले अन्तिमसम्म प्रयास गरेको दावी गर्नुभएको छ ।
सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि दाहालले भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरूले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास आफुले गरिरहेको बताउनु भयो ।



अध्यक्ष दाहालले बैठकमा सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा भइरहेको बताउनु भयो ।



