काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट आज पनि हेर्न नमिल्नेमा परेको छ । पटक–पटक हेर्न नमिल्नेमा पर्दै आएको रिट प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको हो ।
लामिछानेसँगै कारागार कार्यालय रूपन्देहीमै रहेका पूर्वडीआइजी छविलाल जोशीको रिट पनि एकैसाथ राखिएको छ । आइतबार लामिछानेको रिट न्यायाधीशहरू मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो ।



सामान्यतः बन्दी प्रत्यक्षीकरणको रिटलाई अग्राधिकार दिने गरिन्छ तर लामिछानेको यो मुद्दा योसँगै छैटौं पटक हेर्न नमिल्नेमा परेको छ ।



