राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले संसद बैठक बहिस्कार गरेका छन्। सभामुख देवराज घिमिरेले आकस्मिक समयमा बोल्ने मौका नदिँदा रास्वपाका सांसदहरूले लामो समयसम्म उभिएर विरोध जनाएका थिए। सभामुखले बारम्बार बस्नका लागि आग्रह गर्दा पनि सांसदहरू उठेर बसेनन् र कार्यसूची अनुसार बैठक अघि बढाएपछि उनीहरूले बैठक बहिस्कार गर्दै बाहिरिएका हुन्।

रास्वपा सांसदहरूले सभामुखसँग निलम्बित पार्टी सभापति रवि लामिछानेको पद फुकुवा र अन्य विषय उठाउने तयारी गरेका थिए। यस बीच, सभामुख घिमिरेले रास्वपाका सांसदहरूलाई बोल्न नदिएको आरोप लगाउँदै बैठकलाई अघि बढाएका थिए। नेकपा एमाले र नेपाली कांग्रेसका सांसदहरूले भने ताली बजाएर समर्थन जनाएका थिए।

सभामुख घिमिरेले कार्यव्यवस्था समितिको बैठकमा पनि यसबारे जानकारी नगराएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय