काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचनको तयारी गरेको छ । निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाइने हुँदा छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन अनुरोध गरेको छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्ने विषयमा छलफल गर्नुभएको थियो ।

प्रतिनिधि सभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेश सभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको छ ।

रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त हुन पुगेको छ । यस्तै मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेश सभा सदस्य दिपक मनाङे जेल गएपछि उक्त पद रिक्त छ ।

त्यस्तै, स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय