रुपन्देही, २५ जनवरी – रुपन्देही जिल्ला अदालतले सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा रास्वपा सभापति र पूर्व गृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। बिहीबारदेखि सुरु भएको थुनछेक बहसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले रविलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको हो। यस मुद्दामा लामिछानेमाथि ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँको ठगी र संगठित अपराधको आरोप लागेको छ।

रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कमा सेयर लिँदा २ करोड रुपैयाँ सुप्रिम सहकारीबाट भुक्तानी गरेको र १३ करोड रुपैयाँको हिनामिनामा संलग्न भएको आरोप लगाइएको छ। अदालतमा बहस गरेका वकिलहरूले अनुसन्धानको कार्यविधी र मुद्दामा रहेका प्रश्नहरू उठाउँदै रविलाई थुनामा राख्नु उचित नरहेको तर्क गरेका छन्।यस मुद्दामा २२ प्रतिवादीविरुद्ध बिगो भर्न ५५ करोड भन्दा बढी रकमको माग गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय