काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ ।
आयोगले अन्य जिल्लाहरू (सुनसरी–२, रौतहट–१, भक्तपुर–२) मा परेका उजुरीहरू भने दाबी नपुगेको भन्दै अस्वीकार गर्दै ती उम्मेदवारहरूको उम्मेदवारी कायम रहेको छ ।



उम्मेदवारले माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन र ४ देखि ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिनेछ ।
देशभरबाट कुल ३,४८६ उम्मेदवारी कायम भएको छ, जसमा पुरुष ३,०८८, महिला ३९६ र तेस्रो लिङ्गी १ जना रहेका छन्। तीमध्ये चार जिल्लाका पाँच उम्मेदवारमाथि उजुरी परेको थियो ।



