काठमाडौं – नागरिक उन्मुमिक्त पार्टीका संस्थापक रेशम चौधरी जेलमुक्त नहुने भएका छन् । मंललबार सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला लाई सदर गरेको छ ।२०७२ भदौ ७ गते थरुहटको आन्दोलन लाई हिंसात्मक बनाएर अगाडी बडेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मीको ज्यान गएको थियो ।
उक्त घटनामा रेशम चौधरीसहित अन्य ११ जनालाई दोषी ठहर गर्दै २०७५ फागुन १२ गते कैलाली जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । त्यसको २ वर्ष पछि २०७७ साल पुस ३ गते उच्च अदालत दिपायलले चौधरीसहित ८ जनालाई जन्मकैदको फैसलाको सजाय सुनाएको थियो ।



फागुन १२ गते रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि निवेदन दिएका थिए ।त्यसैगरि यसअघि कैलाली जिल्ला अदालतले लक्ष्मण थारुलाई ३ वर्षको जेल सजाय सुनाएकोमा उच्चले बढाएर पाँच वर्ष पुर्याएको थियो । अहिले सर्वोच्चले जिल्ला अदालतको फैसला सही ठहर्याएको छ ।
यसैगरी, टीकापुर हत्याकाण्डमा दोषी ठहरिएका दुईजनाले भने सफाइ पाएका छन् । विद्रोह भनिने सीताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । उनीहरूलाई कैलाली जिल्ला अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो भने त्यसलाई दिपायल उच्च अदालतले सदर गरेको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले मुख्य आरोपी रेशम चौधरीको सजाय भने सदर गरिदियो । जिल्ला र उच्चको फैसलाअनुसार रेशम जन्मकैदको सजाय खेपिरहेका छन् ।



