रौतहटको राजदेवी नगरपालिका वडा नम्वर–५ स्थित पासवान टोलमा आईतबार मध्यरातमा आगलागि हुँदा लाखौं मूल्य बराबरको सम्पत्ति जलेर नष्ट भएको छ ।

बाबुलाल हजराको घरमा विद्युत सर्ट भई आगो सल्किदा दिपेन्द्र पासवान, प्रदीप पासवान, रामनाथ हजरासहितको घर पूर्णरुपमा जलेका नष्ट भएको हो ।
आगलागि भएको खवर पाउना साथ स्थानीय बासिन्दा, प्रहरी चौकी ब्रम्ह्पुरी, सशस्त्र प्रहरीको विओपी बेलविछवा र गौर नगरपालिकाको बारुण यन्त्रको मद्दतबाट आगो नियन्त्रणमा लिएको थियो ।
आगलागिबाट जनधनको के कति क्षति भएको छ सोको विवरण अहिले प्राप्त हुन सकेको छैन । घटनाको प्रकृति हेर्दा लाखौं मूल्य बराबरको सम्पत्ति नलेर नष्ट भएको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय