काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र सुधारको अनुभुति भएपनि जनतामा आशाको सञ्चार हुन नसकेको बताउनु भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय अर्थतन्त्रका तथ्यांक हेर्दा अर्थतन्त्र सुधार भएको देखिएपनि जनतामा आशाको सञ्चार नदेखिएको उल्लेख गर्नुभयो । सबैमा अर्थतन्त्र सुधारको आशा जगाउनको लागि सरकारले अझै मेहनत गर्नुपर्ने अवस्था रहेको भन्दै प्रधानमन्त्री दाहालले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकारले केही नयाँ घोषणा गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ बृहत बैठक र केही नयाँ घोषणा गर्नैपर्ने देखिएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्र सुधारको लागि आवश्यक कानूनी तथा नीतिगत आधार तयार गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । शासकीय सुधार गरी अर्थतन्त्रमा समेत सुधार ल्याउनु अहिलेको अवश्यकता रहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । अहिले समाजमा हरेक कुरामा नकारात्मकता बनाउने प्रयास भइरहेको भन्दै यसबाट देशले कहिल्यै प्रगति गर्न नसक्ने भन्दै प्रधानमन्त्री दाहालले गुनासो पोख्नुभएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय