भोजपुरका नेवार समुदाय परम्परागत रुपमा हुँदै आएको लाखे जात्रालगायत संस्कार सँस्कृतिको संरक्षणमा जुटेका छन् । पछिल्लो समय स्थानीय कला, सस्कार संस्कृति तथा मौलिक परम्पराहरु लोप हुने खतरा बढेसँगै उनीहरु परम्पराको संरक्षणमा जुटेका हुन् । नेवार समुदायको बाहुल्यता रहेको भोजपुर सरदमुकाम, टक्सार, दावाँ बजार दिङला बजार लगायतका स्थानमा नागपञ्चमीदेखि लाखे नाचको सुरुवात गरिएको छ । नेवार समुदायको लाखे नाचको क्रममा स्थानीय भेषभुषा, रहन सहनको प्रर्दशनीसँगै गाई जात्रा, घोडे जात्रा, वैरागी जात्रा, रोपाइ जात्रा लगायतको माध्यमबाट समाजका विभिन्न विकृति विसंगती प्रति व्याङ्गे प्रहार गर्दै सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ । यस्ता जात्रालाई स्थानीय समाजमा सामूहिकता, एकता र सांस्कृतिक संरक्षणको प्रतिकका रूपमा लिने गरिन्छ ।

नागपञ्चमीका दिन भिमसेन मन्दिरमा पुजा गरी सुरु भएको लाखे नाच हरेक दिन प्रदर्शन गरेर कृष्ण जन्माष्टमीको भोलीपल्ट विधिवत रुपमा अन्त्य गर्ने चलन छ । आधुनिकताको विकाससँगै यो संस्कृतिको मौलिकता हराउने अवस्था आएकाले यसलाई नयाँ पुस्तासम्म पु¥याउन नेवार समुदाय जुटेको हो । यस्ता मौलिक परम्पराको संरक्षण गर्न वार्षिक रुपमा जिल्लाको विभिन्न ठाउँमा कार्यक्रम हुने गरेको नेवाः देय दवू भोजपुरले जनाएको छ । लाखे नाचको माध्यमबाट समाजमा नकारात्मक शक्ति र पापको नाश हुने धार्मिक विश्वास रहेको छ । लाखेलाई ‘संरक्षक शक्ति’ मानिन्छ, जसले गाउँमा सुख, शान्ति र समृद्धि ल्याउने स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय