काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका वडा नं. १२ टेकु ह्युमतबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले ९२० मिलिग्राम, नगद ३२ हजार र मोबाइल पाँच थानसहित पक्राउ परेका दुई जनाको कोठाबाट रिभल्वर दुई थान र गोली समेत बरामद गरेको छ ।
लागुऔषधसहित पक्राउ परेका काठमाडौं महानगरपालिका–१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीको घर पछाडि लुकाइराखेको रिभल्वर एक थान तथा गोली दुई राउण्ड र सुजनको घरमा लुकाइराखेको रिभल्वर एक थान तथा गोली चार राउण्ड फेला पारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।



पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



