काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–३ स्थित नगरवन क्षेत्रमा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।
मृत्यु हुने बालक १० वर्षीय इरेस घोस्ले रहेका छन् । उनी भारत घर भई नगरवन क्षेत्रमा बसोबास गर्दै आएका थिए ।



प्रहरीले गएराति एउटा बस पार्किङ गर्ने क्रममा सह–चालकले बस पछाडि सार्दा बालकलाई ठक्कर दिएको जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई तत्काल अस्पताल लगिए पनि उपचारकै क्रममा मृत्यु भएको थियो ।
घटनामा संलग्न बस र सह–चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।



