काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध चितवनमा जाहेरी परेको छ । सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले आर्थिक अपचलनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले सहारा चितवन सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रुपैयाँ अवैध रूपमा गएको पाइएको छ । गोरखा मिडियाका सञ्चालक लामिछाने र जोशी अहिले हिरासतमा छन् । उनीहरूविरुद्ध सूर्यदर्शन, सुप्रिम र स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा पनि अनुसन्धान भइरहेको छ ।



चितवनका एसपी गौतम मिश्रले पुरक जाहेरीका आधारमा थप अनुसन्धान अघि बढाइएको जनाएका छन् । यस घटनाले सहकारी संस्थाको व्यवस्थापन र राजनीतिक नेतृत्वप्रति गम्भीर प्रश्न खडा उब्जिएको छ ।



