बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना भएको छ ।
भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको भञ्ज्याङ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा १६ जना घाइते भएका छन् । बसमा ४५ जना यात्रु रहेका थिए । घाइतेको तुलसीपुरस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।






