विश्व हिन्दु महासंघले वरिष्ठ संस्कृति विद् डा. जगमान गुरुङलाई ’नेपाल ऋषि’को उपधिले सम्मानित गरेको छ ।डा. जगमान गुरुङले “सामाजिक सदभाव र धार्मिक सहिष्णुता“ कायम राख्दै धार्मिक, सास्कृतिक र जातजातिको समन्वयात्मक एकताको भवना विकास गर्न खेलेको भुमिका लाई सम्मान गर्दै बिश्व हिन्दु महासंघको तर्फबाट“ नेपाल ऋषिको“ सम्मान प्रदान गरिएको कार्यबाहक अध्यक्ष अस्मिता भण्डारीले बताइन ।

नेपाल ऋषिको सम्मान ग्रहण गर्दै डा. गुरुङले “हजारौ वर्षपहिलेदेखि नेपाल र नेपालि बीच अनेकतामा एकता रहँदै आएको , नेपाल सीता र बुद्धको जन्मभूमि हुनुका साथै धार्मिक तपोभुमी रहेकोले नेपाली हुन पाउँदा सबैले खुशी हुनुपर्ने कुरामा जोड दिदै पछिल्ला घटनाले भविष्यमा समस्या ल्याउन सक्ने तर्फ सबै सचेत हुनुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबराले नेपालमा गायत्री मन्त्रका प्रणेता कौशिक मुनिले गायत्री रचना गरेको इतिहासको चर्चा गर्दै बिदेशीहरुको निर्देशनमा देशका विभिन्न स्थानमा गाई गोरु काटेर खाने र त्यसता व्यक्ति र समूहको संरक्षणमाजनप्रतिनिधिहरु नै जोडिनु दुख्द भएको धारणा राखे ।

९४ प्रतिशत हिन्दु रहेको नेपाल लाई पुनः हिन्दुराज्य बनाइ छाडने पार्टीको प्रतिबद्धता पूरा हुने समय आएको राणाले जानकारी दिए । विभिन्न धार्मिक संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विश्व हिन्दु महासंघकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीले आगामी दिनमा सबै संस्थाहरुलाई समेटेर लाने बताइन ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय