विराटनगरः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारले जनताका अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गदै नेता कोइरालाले वर्तमान सरकारको कार्यशैली, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र पार्टीभित्रको आन्तरिक लोकतन्त्रक कमजोर बनाउन बताउनुभयो । नेता कोइरालाले कांग्रेस र एमालेबिच भएको सात बुँदे सहमतिमा एक वर्षको अवधिमा एउटा पनि बुँदा अगाडि बढ्न नसकेको पनि दाबी गर्नुभयो ।



उहाँले लिची बगान घुस प्रकरणमा एक मन्त्रीले राजीनामा दिनुपरेको प्रसङ्ग जोड्दै राजनीतिमा नैतिकताको अपरिहार्यता रहने बताउनुभयो जोड ।नैतिकता बिनाको राजनीतिले राजनीतिकर्मीलाई धरापमा पर्ने कोइरालाको भनाई छ। उहाँले हालैमात्र राष्ट्रपतिले विधेयकलाई पुनरावलोकनका लागि फिर्ता पठाएको विषयप्रति गम्भीर चासो व्यक्त गर्नुभयो। संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, विपक्षी दलको नेता र उपसभामुख गरी छ जना वरिष्ठ व्यक्तिहरू हुने व्यवस्था रहेको तर अध्यादेशमार्फत दुई वा तीन जनाले मात्रै निर्णय गर्न सक्ने गरी आएको प्रावधानलाई खतरनाक रहेको भनाई कोइरालालको छ ।
डा कोइरालाले हालै पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँगको भेटघाटलाई कुनै नयाँ कुरा नभएको जिकिर समेत गर्नुभयो । उहाँले पार्टीको संसदीय दलको नेता फेर्नका लागि आवश्यक संख्या नपुगेको भन्दै अहिले यस विषयमा हतार गर्न नहुने बताउनुभयो।



