विराटनगर — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी विधानअनुसार नचल्नेहरूलाई कारबाही गरिने चेतावनी दिएका छन्।आज बिहान विराटनगरस्थित कांग्रेस नेता डा. शेखर कोइरालाको निवास पुगेका सभापति थापाले क्रियाशील सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दाबी गर्दै नवीकरण प्रक्रियामा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताएका हुन्।

सभापति थापाले पार्टीका क्रियाशील सदस्यहरूको तथ्यांक केन्द्रसँग रहनु आवश्यक रहेको उल्लेख गर्दै यसले भविष्यमा उम्मेदवार छनोट र सूचना प्रवाहका क्रममा सदस्यहरूको अधिकार बलियो हुने बताए।

उनले पार्टीका सबै संयन्त्रहरू सहमति र सल्लाहकै आधारमा निर्माण गर्न आफू तयार रहेको स्पष्ट पारे।फरक प्रसंगमा सभापति थापाले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन जानीजानी सार्वजनिक नगरिएको आरोप लगाए। प्रतिवेदन सच्याउन आयोगमाथि ठूलो दबाब दिइएको दाबी गर्दै उनले तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय