काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग विपिन जोशीका आमा र बहिनीले भेट गर्नुभएको छ । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र बहिनी पुष्पा जोशीले इजरायल पुगेर त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किनुभएसँगै राष्ट्रपति पौडेललाई भेटेका हुन् ।

प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिनलाई आमा र बहिनीले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको बताउनु भयो । आमाले आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले रिहाइका लागि सबैलाई पहल गरिदिन आग्रह गर्नुभयो ।

भेटको क्रममा राष्ट्रपति पौडेलले विपिनका आमा र बहिनीलाई विपिनको रिहाइका लागि आफूले थप प्रयास गर्ने आश्वासन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय