काठमाडौं । त्रिकोणात्मक श्रृंखलामा नेपालले आज आफ्नो पहिलो खेल हङकङसँग खेल्दै छ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली हङकङ पुगेको क्यानले जनाएको छ ।

शनिबार भएको मैत्रिपूर्ण टी–२० आई क्रिकेटमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो । नेपालले पपुवा न्यूगिनीसँग सोमबार दोस्रो खेल खेल्नेछ ।

हङकङ र नेपालबीचको खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे सुरु हुनेछ।

बिहीबार हङकङ पुगेको नेपाली टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, रोहितकुमार पौडेल, गुलशन झा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सन्दीप जोरा, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन् । मंगलबार श्रृंखलाको फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय