काठमाडौं । आज डिसेम्बर ५ अर्थात् विश्व माटो दिवस ।
माटोको दिगो उर्वराशक्ति व्यवस्थापनसम्बन्धी विषय सम्बोधन गर्ने र जनचेतना अभिबृद्धि गर्ने मूल उद्देश्यका साथ विश्वभर माटो दिवस मनाइँछ । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।



‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नारासहित नेपाल कृषि अनुसन्धान परिषद् नार्कले मंसिर १६ गते देखि मनाउन थालिएको माटो दिवस आज समापन गर्दैछ । ।



