एजेन्सी । विषाक्त मदिरा सेवनका कारण कुवेतमा ९ जना नेपालीले ज्यान गएको छ । कुवेतस्थित नेपाली दूतावासका अनुसार पछिल्लो तीन दिनमा मृत्यु भएका २३ जना मध्ये ९ जना नेपाली रहेका छन् । यस्तै १५ जना नेपालीको उपचार भइरहेको बताइएको छ ।

कुवेतस्थित सञ्चारमाध्यमहरुले मिथानोल मिसिएको विषाक्त मदिरा सेवनका कारण मृत्यु भएको जनाएपछि दूतावासले भने आधिकारीक मेडिकल रिपोर्ट आएपछि मात्रै कारण खुल्ने जनाएको छ ।

यस्तै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कुवेतले नेपालीसहित १६० जना एसियाली मुलुकका कामदारहरु विषाक्त मदिरा सेवनका कारण उपचाररत रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय