खोला खोल्सीहरुमा पुल कल्भर्टहरुको निर्माण नभएका कारणले वर्षायामको समयमा वीपी राजमार्गको यात्रा कष्टकर बन्दै गएको छ ।राजधानी काठमाण्डौंबाट पुर्वी पहाडी र पुर्वी तराईका जिल्लाहरुलाई छोटो दुरीमै जोडिने वीपी राजमार्गका पछिल्लो समयमा सवारी चापको अवस्थामा सडक अवरुद्ध हुदा यात्रीहरुले ठ्ेुलो सास्ती व्यहोर्दै आउनु परेको छ ।
सुर्य विनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले समयमै सडकको मर्मत सम्भार र पुल पुलेसा निर्माण नगरिदिएका कारणले बीपी राजमार्गमा सडक अवरुद्ध हुदा एम्बुलेन्स र अत्यावस्यकीय यात्राका सवारीका साधनहरु घण्टौं जाममा परेर यात्रुहरुले सास्ती व्यहोनु परिरहेको छ ।



वीपी राजमार्गको धुलिखेल–सिन्धुली खण्ड र सिन्धुली–बर्दिबास सडक खण्डमा पुल पुलेसा निर्माण गर्न ढिलाई गरिदा वर्षायामको समयमा दिनहु जसो चालकदल तथा यात्रुहरुले हैरानी खेप्नु परेका हो । लगातारको वर्षापछि वीपी राजमार्गको दर्जनौस्थानमा पहिरो खस्नुका साथै खहरेमा आएको बाढीले बीपी राजमार्ग दिनदिनै बन्द हुने र खुल्ने भैरहेको छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



