पर्सा । वीरगञ्ज महानगरमा खानेपानी संकट दीर्घकालिनरुपमा समाधान गर्न महानगरवासीले जोड दिएका छने । महानगरले ट्याङ्क र दमकलबाट खानेपानी वितरण गर्दै आएकोमा अब पानीको समस्या दीर्घकालिन रुपमा खोज्न दबाब दिएका छन् । महानगरले खानेपानी समस्या समाधानको लागि बोरिङ गर्दै आएपनि बोरिङ विकल्प नभएको भन्दै ओभरडेड ट्याङ्की निर्माण देखि पाइपलाई विस्तारको काम गर्न सुझाव दिएका छन् ।
वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंहले निर्वाचन अघि आफ्नो घोषणा पत्रमा पानीको समस्या दीर्घकालिन रुपमा समाधान खोजिने भनिए पनि निर्वाचित भएको तीन वर्ष वितिसक्दा पनि त्यसतर्फ प्रमुखको ध्यान नगएको भन्दै ध्यानाकर्षण गराएका छन् । महानगरबासीले तत्कालै बोरिङ विकल्पको रुपमा नभई दीर्घकालिन समस्या समाधानको विकल्प खोज्न सुझाव दिएका छन् ।






