सिन्धुली । श्री नं.९ बाहिनी अड्डामा वीर स्मृति कपको पाँचौ संस्करणको लन टेनिस प्रतियोगिता संचालन भईरहेको छ । प्रतियोगिताको नेपाली सेनाको मध्य पूर्वी पृतनापति उपरथी सुदर्शन सिल्वालले समुद्‍घाटन गर्नुभएको थियो ।

नेपाली सेनाको वीर स्मृति कप, आफ्नो देश तथा नागरिकको रक्षाका खातिर युद्धमा लड्दै जीवन त्याग गरी वीरगति प्राप्त गर्ने सकलदर्जाको सम्झनामा विगत २०७६ सालबाट तत्कालिन बाहिनीपति प्रदीप जंग के.सीको कार्यकालबाट सुरु भएको हो । वीर स्मृति कप अहिलेसम्म चार वटा संस्करणहरु सफलता पूर्वक सम्पन्न भईसकेको र वीर स्मृति कप २०८१ पाँचौ संस्करणको खुल्ला लन टेनिस प्रतियोगितामा भेट्रान्स डबलतर्फ, भेट्रान्स सिंगलतर्फ, खुल्ला सिंगलतर्फ र खुल्ला डबलतर्फ २५ जना सैनिक र २ जना गैर सैनिक गरी जम्मा २७ जना खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय