काठमाडौं । एक महिनामै १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएपछि वैदेशिक मुद्राको सञ्चिति हालसम्मकै उच्च भएको छ । रेमिट्यान्स आप्रवाहमा भएको बृद्धि र वैदेशिक व्यापारमा आएको संकुचनले वैदेशिक मुद्राको सञ्चिति हालसम्मकै उच्च भएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोजसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिअनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ११ दशमलव ५ प्रतिशतले बढेर ३ महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रिएको छ । अहिले नेपाल राष्ट्र बैंकसँगै अन्य बैंक तथा वित्तीय संस्थामा २२ खर्ब ३२ अर्ब रुपैयाँ अर्थात् १६ अर्ब ६० करोड विदेशी थुप्रिएको छ । जसले १४ दशमलव ६ महिनाको बस्तु तथा सेवा र १७ दशमलव ६ महिनाको बस्तु आयातलाई पर्याप्त हो ।

त्यस्तै चालु आर्थिक वर्षको असोजसम्मको अवधिमा सरकारको चालु खाता १ खर्ब ११ अर्ब ८७ करोडले बचतमा रहेको छ । जुन गत वर्षको सोही अवधिमा ५९ अर्ब ६५ करोडले बचतमा थियो । यस्तै यस अवधिमा नेपाल सरकारले ३ अर्ब २९ अर्ब खर्च गरेको छ भने २ खर्ब ४८ अर्ब मात्रै राजस्व संकलन गरेको छ । शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ खर्ब १ अर्बले बचतमा रहेको थियो । असोज महिनामा मुद्रास्फीति दर वार्षिक विन्दुगत रूपमा ४ दशलमव ८२ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ८५ प्रतिशतभन्दा उच्च हो । चाडपर्वका कारण खाद्य तथा पेय पदार्थ समूहमा मूल्यबृद्धि भएको छ । प्रदेशगत रूपमा सुदूरपश्चिममा उच्चतम मुद्रास्फिति ६ दशमलव ५६ प्रतिशत छ, जबकी कर्णाली प्रदेशमा यो ३ दशमलव २५ प्रतिशत मात्रै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय