शिक्षक आन्दोलनको २७ औँ दिन बिजुलीबजारमा रमाइलो दृश्य देखियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल समर्थन देखाउन आन्दोलन स्थल पुगे । तर शिक्षकहरूले उल्टै यहाँ नेता चाहिँदैन, संसदमा बोल्न जाऊ भन्दै फर्काइदिए। एक्यबद्धता जनाउन भन्दै पुगेका नेताहरू लाजले रातो अनुहार पार्दै गाडी चढे। पुलिसले उनीहरूलाई स्कर्टिङ गरेर बचायो।

जारी शिक्षक आन्दोलनले सोमबार साँच्चै रमाइलो मोड लियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनाल आन्दोलन स्थल पुगे तर, जति ठूलो योजना बनाएर पुगेका थिए, उति नै ठूलो लज्जासँग फर्किनु पर्‍यो । नेताहरू भाषण ठोक्ने र तालि बजाउने सपना बोकेर आएका थिए । तर, उनीहरूलाई न त फूलको माला लगाइयो, न त सम्मान । बरु कोही नेता आउनु पर्दैन, सक्ने भए संसदमा बोल भन्दै शिक्षकहरूले चिच्याउन थाले ।

अनि नेताहरू लज्जाले रातो अनुहार पार्दै गाडीमा फर्किए । गाडी त के, प्रहरीले स्कर्टिङ नै गरेर गाडीसम्म पुर्‍याउनु पर्‍यो, त्यो पनि रमाइलो दृश्य बनेको थियो । शिक्षकहरू त झन् तातेका थिए । पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर, पुलिसको दादागिरी बन्द गर जस्ता बुलन्द नाराहरू घन्काउँदै नेताहरूलाई बिजुलीबजारसम्म लखेटे । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले पनि आन्दोलनलाई लिएर स्पष्ट पार्दै शिक्षकलाई विभाजन गर्ने अनेकथरी चाल भइरहेको भन्दै सचेत रहन सुझाउनुभयो । २४ बुँदे कार्यसूची आधिकारिक डकुमेन्ट भन्दै त्यसबाहके अन्यलाई नपत्याउन र हल्लाको पछि नलाग्न उहाँको आग्रह छ ।

राजनीतिक दलका नेताहरू भने आन्दोलन आफ्नो फाइदाका लागि प्रयोग गर्ने दौडधूपमा छन् । सरकार र सत्तारुढ दल त झन् खुलेर आन्दोलन सरकार ढाल्ने खेल हो भन्दै प्रचार गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय