काठमाडौं । शिक्षा विधेयकमाथी छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बैठक बोलाएको छ । बैठकमा बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ ।

समितिको बैठक पटक पटक बसेपनि अनिर्णित हँुदा बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

गत असार २२ गते नै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी भएको भन्दै बैठक स्थगित गर्नुभएको थियो ।

समितिको बैठक दिउसो २ बजे बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय