काठमाडौं । श्री एयरलाइन्सको 9N–AOL कल साइन भएको जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्ने क्रममा ठूलो दुर्घटनाबाट जोगिएको छ ।



अवतरणकै क्रममा विमानको बायाँ पछाडिको टायर पड्किएको थियो । विमानमा रहेका सबै यात्रुहरू सकुशल बाहिरिएका छन्। हाल विमानलाई पार्किङ बेमा राखेर मर्मतसम्भार भइरहेको छ।
घटनापछि सुर्खेत–काठमाडौं निर्धारित उडान भने रद्द गरिएको छ ।



