काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर युवालाई रोक्नु रहेको बताउनुभएको छ । उहाँले वैदेशिक रोजगारीबाट फर्किएकालाई पुँजी, सीप र अनुभवको आधारमा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले वि.सं. २०८२ देखि २०९२ लाई आन्तरिक रोजगार प्रवद्र्धन दशक घोषणा गरेको स्पष्ट पार्नुभयो । कृषि, उद्योग, पर्यटन, ऊर्जा एवं पूर्वाधार निर्माणको क्षेत्रमा सरकारी तथा निजी क्षेत्रबाट ठुलो लगानी भइरहेकाले ती क्षेत्रमा उल्लेखनीय रोजगारी सिर्जना हुने उहाँको भनाइ छ । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमको रुपमा पुनर्संरचना गर्ने र यसलाई अझ सीपमूलक र रोजगारमूलक बनाउने नीति सरकारले लिएको उहाँले प्रष्ट पार्नुभयो ।



उहाँले तथ्यका आधारमा आएका गम्भीर प्रकारका भ्रष्टाचारका घटना सहन नसकिने उल्लेख गर्दै कसैले आरोप लगाएकै आधारमा भने कारबाही नहुने जवाफ दिनुभयो ।



