प्रतिनिधिसभामा लगातार अवरोध भइरहेका बेला डोलप्रसाद अर्याल ले प्रधानमन्त्री बालेन्द्र शाह सँग भेट गरी पछिल्लो संसदीय अवस्थाबारे जानकारी गराएका छन् । सभामुखकी प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा संसद् बैठकमा देखिएको अवरोध र दलहरूबीच बढ्दो असहमतिबारे छलफल भएको थियो ।

बिहीबार विपक्षी दलहरूले प्रधानमन्त्रीको नियमित प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुपर्ने माग राख्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्दै प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका हुन् । विपक्षी सांसदहरूले प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीसँग नियमित प्रश्नोत्तर हुनुपर्ने माग गर्दै आएका छन् । सोही विषयलाई लिएर संसद्मा लगातार तनावपूर्ण अवस्था सिर्जना भएपछि सभामुखले समाधानको प्रयासस्वरूप प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए । तर छलफलबाट ठोस सहमति ननिस्किएको र सभामुख सकारात्मक जवाफ नपाई संसद् भवन फर्किएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय