काठमाडौं । संसद सचिवालयको महासचिवमा पदमप्रसाद पाण्डेको नाम राष्ट्रपति समक्ष सिफारिस भएको छ ।
सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर पाण्डेको नाम महासचिवमा नियुक्तिका लागि सिफारिस गरेका हुन् । पाण्डे हाल प्रतिनिधिसभाको सचिव छन् । हालका महासचिव डा. भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेलाई नियुक्तिको सिफारिस गरिएको हो । गौतमको कार्यकाल आगामी भदौमा सकिदै थियो ।



पाण्डेलाई नायव महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि प्रतिनिधिसभाको सचिव नियुक्त गरिएको थियो ।



