काठमाडौं । नेपालको पर्यटन तथा ट्राभल क्षेत्रमा सक्रिय रूपमा उदाउँदै गएको डिसुडा ट्राभल एण्ड टुरिजम प्राईभेट लिमिटेडले आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने क्रममा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
अमेरिकामा बसोबास गर्दै आएका नेपाली हिमाल आरोही अमृत परियारले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा डिसुडा ट्राभल एण्ड टुरिजम प्रालिको लोगोसहितको ब्यानर फहराएर कम्पनीलाई विश्वमाझ चिनाउन योगदान दिएका हुन् ।



काठमाडौंको बानेश्वरबाट संचालन हुँदै आएको डिसुडा ट्राभल एण्ड टुरिजम प्रालिले छोटो समयमै नेपालको ट्राभल तथा टुरिजम क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालसँगै संयुक्त अरब इमिरेट्सको दुबई र अमेरिकाको मेरिल्याण्डमा समेत आफ्नो उपस्थितिलाई विस्तार गरेको कम्पनीले अन्तर्राष्ट्रिय नेटवर्कमार्फत नेपाली पर्यटन क्षेत्रलाई विश्व बजारसँग जोड्ने प्रयास गरिरहेको छ ।
कम्पनीका अध्यक्ष दिलिपकुमार नेपालीले सानो सोच र मेहनतबाट सुरु गरिएको यात्रा आज अन्तर्राष्ट्रिय स्तरसम्म पुग्नु आफ्नो लागि गर्वको विषय भएको बताउनु भयो । उहाँले आगामी दिनमा पर्यटन क्षेत्रलाई थप गुणस्तरीय, विश्वसनीय र सेवामुखी बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
आरोही परियारले सामाजिक सन्देशसहित गरिएको उक्त अभियानमार्फत बलात्कार तथा यौन हिंसापीडितलाई न्याय दिलाउनुपर्ने आवाजसमेत विश्वको सर्वोच्च शिखरसम्म पुर्याइएको थियो ।



