काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा नियमित आजदेखि सुनुवाइ हुने भएको छ । सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुनेछ । सन्दीपमाथि एक नाबालिकलाई बलात्कार गरेको आरोप छ ।विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता लामिछानेको मुद्दाले निरन्तरता पाउन सकेको थिएन ।

यसअघि मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय