अर्घाखाँचीको सन्धिखर्कमा रहेको सन्धिखर्क पोलिक्लिनीकले आजीवन निशुल्क सुगर परिक्षण गर्ने भएको छ । सन्धिखर्क पोलिक्लिनीक प्राली अर्घाखाँचीले आफ्नो संस्थाको दोस्रो वार्षिक उत्सवको अबसरमा एक दिने विशेष सहुलियत सहितको विशेषज्ञ स्वास्थ्य शिविर सहित विभिन्न स्वास्थ्य सेवामा सहुलियत दिदै आजिवन निशुल्क सुगर परिक्षण शुरु गरेको हो ।

सहुलियत शिविरले अशक्त, असहाय, दिर्घरोगी, जेष्ठ नागरिक लगायतका धेरै बिरामीहरू लाभान्वित भएका छन् । स्वास्थ्य संस्थाले पहिलो सेवा र दोस्रो नाफालाई हेनुपर्छ भन्ने मान्यताका आधारमा आजीवन निशुल्क सुगर परीक्षण सहितका विभिन्न सेवा सहतिको स्वास्थ्य शिविर सञ्चालन गरिएको पोलिक्लिनिकका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । शिविरमा नियमित औषधी सेवन गर्ने बिरामिहरूलाई सहुलियत उपचार कार्ड बितरण गरिएको छ । कार्ड लिएर उपचारमा आउने विरामीहरुले औषधिमा ५% र प्रयोगशाला जाँचमा १०% छुट पाउने भएका छन् ।

पोलिक्लिनक र निबृत राष्ट्र सेवक समाज नेपाल अर्घाखाँचीको सहकार्यमा सञ्चालन गरिएको शिविरमा लुम्बिनी सिटि अस्पताल बुटवलमा कार्यरत बरिस्ठ सुगर ,थाईराईड तथा हर्मोन रोग विशेषज्ञ डा. एसएन यादव र मानशिक रोग बिषेषज्ञ डा.राजेश श्रेष्ठ, अर्घाखाँची अस्पताल प्रमुख डा, जगन्नाथ तिवारी, डा. अशोक शाह लगायतले बिरामीहरूको स्वास्थ्य परिक्षण गरेका थिए । दीर्घ रोगीहरुलाई यस पोलिक्लिनिकले दिएको सेवा सुविधाबाट बढी फाइदा पुग्ने र यो कार्य सबैकालागि प्रशंसनीय कार्य भएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताए ।

शिबिरमा जिल्लाका विभिन्न भाग बाट आएका सयौ जना बिरामि हरूले स्वास्थ्य जाँच गराएका थिए । शिबिरमा विशेषज्ञ चिकित्सक शुल्क निशुल्क , हरेक ल्याब परिक्षणमा ५० देखि २५ % छुट प्रदान गरिएको थियो भने औषधि निशुल्क बितरण बाहेक किन्नु पर्ने भएमा ५% छुट गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय