काठमाडौं । नेकपा माओवादी केन्द्रले समाजवादको पूर्वाधार तयार गर्ने उद्देश्यले स्थानीय निकायमा पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरिएको पत्रकार सम्मेलनबाट शनिबार र आइतबार दुई दिन १ सय २३ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने जानकारी दिइएको हो ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो निर्वाचनमा विजय हासिल गरेका स्थानीय तहमा समाजवादको अभ्याससहितको कार्यक्रम निर्माण र नमूना पालिका बनाउने लक्ष्य भेलाको एकमात्र उद्देश्य भएको उल्लेख गर्नुभयो । उहाँले स्थानीय जनप्रतिनिधिलाई समाजवादी नीति कार्यक्रम, कानुन, बजेट निर्माण, उत्पादन र रोजगारीलगायतका विषयमा प्रशिक्षण दिइने जानकारी दिनुभयो । सापकोटाले भेलामा निर्धारित राष्ट्रिय सूचकांकमा उत्कृष्ट ठहर भएका ११ वटा पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले आ–आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको पनि बताउनु भयो ।

भेलामा समाजवाद निर्माणको आधारबारे प्रशिक्षण सोमत घिमिरे, कृष्णराज अधिकारी, मीनबहादुर श्रेष्ठलगायतले दिनुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय