काठमाडौं । निसीखोला गाउँपालिका–६ पातिहाल्नेदेखि पूर्वी रुकुमको भूमे गाउँपालिका–१ रुपगासम्मको १३ किलोमिटर सडक एक दशक वितिसक्दा पनि पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले निर्धारित समयमा काम पूरा नगर्दा उक्त बाटो प्रयोगकर्ताको जनजीवन नै कष्टकर बन्दै गएको छ ।
वि.सं. २०७३ जेठ १३ भित्रमा कालोपत्र गरीसक्ने सम्झौता भएकामा हालसम्म ७० प्रतिशत मात्र काम भएको छ । लोकमार्ग अन्तर्गतको उक्त खण्ड कालोपत्रे गर्न ४२ करोड ९९ लाख ४ हजार रुपैयाँमा सम्झौता भएको थियो । पटकपटक म्याद थप्दै सम्झौता गरेपनि काम पूरा हुन सकेको छैन ।



मध्यपहाडी लोकमार्ग हुँदै दैनिक सयौँ यात्रु यही मार्गबाट यात्रा गर्ने गर्दछन् ।



