पाँचथर– नेपाली कांग्रेसका संसदिय दलका नेता भिष्मराज आङदेम्बेले सरकारका कामले शुभ संकेत नगरको बताएका छन । सरकार पारदर्शीतामा विश्वास नगर्ने भएकाले देशलाई संकट तर्फ धकेल्ने काम भईरहेको उनको भनाई थियो । प्रहरी पनि केवल आदेश पालकमात्र भएको भन्दै आसन्तुष्टि व्यक्त गरे । ‘पूर्व न्यायधिस चोलेन्द्र सम्सेर राणालाई राती पक्रेर किन लग्यो भन्ने थाहा छैन । मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न दिइएन । कुनैपनि क्रियाकलापलाई सरकारले पारदर्शी बनाउन चाहादैन’ आङदेम्बेले भने ‘जसरी पक्राउ गरएिको छ र छोडिया छ यो केटाकेटीको खेल भयो । उनको गल्ति कमजोरी कानुनले केलाउला । पक्राउ गर्ने पनि तरीका होला ?’
पुलिस प्रशासन पनि आदेश पालक जस्तो उनको आरोप छ । ‘खुरुखुरु गएर ल्याएको छ । बर्दिधारी हुनु को एउटा नैतिकतामा पनि प्रहरी कायम गर्न सकेकोछैन’ उनले भने ‘सरकार लोकतन्त्रको सामान्य मर्मलाई पनि नरुचाएर सरकार अराजक ढगवाट चलेर राम्रो संकेत दिएको छैन ।’नेपाली काँग्रेस पाँचथरको प्रदेश क्षेत्रीय अधिवेशन उद्घाटनमा बोल्दै यस्तो धारणा राखेका हुन । कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य नरेन्द्र कुमार केरुङले पनि सरकारको आलोचना गरे । प्रमुख प्रतिपक्षि दलले सकारलाई सहयोग गरेपनि सरकारको भुमिका राम्रो नभएको उनको भनाई थियो । सरकारले आफ्नो कामको सुरुवातै सुकुम्बासीलाई डोजर चलाएर गरेको भन्दै सरकारले एक पछि अर्को अराजक काम गरिरहेको उनको भनाई थियो ।






