काठमाडौं । विपक्षी दलको बैठक आज दिउँसो दुई बजे संसद् भवनस्थित प्रमुख प्रतिपक्षी दल नेताको कार्यालयमा बस्दैछ । बैठक पछि पत्रकार सम्मेलन आयोजना हुने माओवादी अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।

संसद्को हिउँदे अधिवेशन नबोलाई सरकारले अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानुन जारी गर्न खोजेको भन्दै विपक्षी दलले विरोध गरेका हुन् ।

बुधबार संयुक्त बैठक बसी दलहरुले संविधानको मर्म भावनामा प्रहार गर्ने काम भइरहेको निष्कर्ष निकालेका थिए । शुक्रबारको संयुक्त बैठकपछि संयुक्त वक्तव्य सार्वजनिक गर्ने विपक्षी दलको तयारी छ । सरकार संसद छलेर अध्यादेशबाट देश चलाउने तरिकाले अघि बढेको उहाँहरुको ठहर छ ।

गत बुधबारको बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी भएका थिए ।

साथै एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय