काठमाडौं । सरकारले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अनुचित लेनदेन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।
बैठकले चिया विकास बोर्डको कार्यकारी निर्देशकमा फणिन्द्र पाण्डे र स्वास्थ्य बीमा बोर्डको कार्यकारी प्रमुखमा रघुराज काफ्लेलाई नियुक्त गर्ने भएको छ ।



नियुक्तिका लागि गठित सिफारिश समितिले काफ्लेसहित कमल पन्थी र डा. कृष्णप्रसाद अधिकारीको नाम सिफारिश गरेको थियो ।



