काठमाडौं । चन्द्रागिरि नगरपालिकाका वडाहरु यतिबेला नगर र वडालाई सफा र सुन्दर बनाउन लागि परेका छन् ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ ले घुमाउने देखि चेकपोष्टसम्मको मुख्य सडकसहित दायाँबायाँको भाग सफा गरेको छ । वडाका कार्यबहाक अध्यक्ष उमा कुमारी थापा, सदस्य भूवन केसी, रामशरण महत र उर्मिला रोक्काले वर्षायाममा चाडो झार पलाउने, कुलो र खोल्सोमा फोहोर भरिने हुँदा विभिन्न रोगको संक्रमण फैलिन नदिन विशेषरुपमा यो समयमा सरसफाइलाई ध्यान दिएको बताउनु भयो ।

उहाँहरुले नगरले सरसफाइको लागि दिएको रकमबाट वडामा सात जना कर्मचारी राखेको पनि जानकारी गराउनु भयो । वडामा दैनिक सात जनाले सफाइ गर्दै आएका छन् ।

नगरले उपलब्ध गराएको फोहोर व्यवस्थापन तथा सरसफाइ शीर्षकअन्तरगत रहेको बजेटबाट उक्त क्षेत्रमा सरसफाइ गरिएको हो ।

यसअघि वडाले बाणस्थली देखि त्रिवेणीसम्म सरसफाइ गरेको थियो । नगरले वडा सफाइको लागि प्रत्येक वडालाई मासिक ५० हजार दिंदै आएको छ । आजको सरसफाइमा वडाबाट खटाईएका सात जना सफाइका कर्मचारीसहित जनप्रतिनिधि र स्थानीयको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय