जिल्ला प्रसासन कार्यालय महोत्तरीको निर्देशनमा महोत्तरीका विभिन्न स्थानिय तह मातहतका प्रहरी युनिटहरुले वस्ती तथा नदी तटीय क्षेत्रहरुमा माईकिंग गर्न थालेको छ । बुधवार राती देखि निरन्तर भैरहेको वर्षाले आउन सक्ने सम्भावित डुवान लगायतका जोखिमबाट सुरक्षित रह्न माईकिंग थालिएको हो । महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले विपद व्यवस्थापन समिति सतर्क रहेको बताए । उनले स्थानिय तहहरुमा समेत पालिका प्रमुखहरुले आवश्यक तयारी गरेको र सुरक्षा निकाय समेत एलर्टमा रहेको बताए ।

यता आउन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा स्वरुप जिल्ला भित्रका विभिन्न स्थानिय तहले असोज ९ गतेको लागि तत्काल विद्यालयहरुमा विदा दिएको छ भने सो पछि अवस्था अनुसार निर्णय लिने जनाएको छ । प्रमुख जिल्ला अधिकारीले सम्भव भए अनावश्यक घरवाहिर ननिसक्न आग्रह गरेका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय