सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण (एनइए) का कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापना गर्न आदेश दिएको छ। न्यायाधीश डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा भएको सुनुवाइपछि अदालतले शाक्यलाई तत्काल प्राधिकरणमा हाजिर भई पूर्ववत् रूपमा कामकाज गर्न दिन निर्देशन दिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार शाक्यको पदमुक्ति प्रक्रियामा विधिसम्मतता नपुगेको ठहर गर्दै उनलाई पदमा फर्काउने आदेश जारी गरिएको हो। अदालतको निर्णयपछि अब प्राधिकरणले उनको पुनर्बहाली प्रक्रिया अघि बढाउनु पर्नेछ। यो आदेशसँगै विद्युत् प्राधिकरणको नेतृत्व व्यवस्थापनबारे पछिल्लो समय देखिएको विवादले फेरि नयाँ मोड लिने संकेत मिलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय